२०८१ मंसिर १० , सोमवार

सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा अव राष्ट्र बैंकको स्वीकृति नचाहिने

nrb-nepal-rashtra-bank-1024×573

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सूचीकृत कम्पनीमा विदेशी लगानी गर्न आफ्नो स्वीकृति नचाहिने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को तेस्रो संशोधन मार्फत राष्ट्र बैंकले धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने व्यवस्था गरेको हो ।

 

धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा सेयर स्वामित्व परिवर्तन भए पनि राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने गरी विनियमावली संशोधन गरेको हो ।

 

 

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७९ बमोजिम तोकिएको अवधिभित्र विदेशी लगानी भित्र्याउन नसकेमा विदेशी लगानी स्वीकृत गर्ने निकायबाट अवधि थप गरिएको स्वीकृति समेत पेस गर्नुपर्ने हुन्छ । यसरी नेपाल भित्रिएको विदेशी लगानी वापत रकम बैंक तथा वित्तीय संस्थाले सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गर्ने छ ।