२०८१ पुष ११ , बिहिवार

अनुदान निलम्बनले गाजामा मानवीय सहयोगको अभाव

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएन्आरडब्ल्यूए) ले मङ्गलबार यूएनआरडब्ल्यूएलाई आफ्नो सहयोग निलम्बन गर्ने देशले सहयोगबारे पुनर्विचार गर्नुपर्ने बताएको छ ।

यूएनआरडब्ल्यूएका सञ्चार निर्देशक जुलियट टुमाले जोर्डनको राजधानी अम्मानमा १६ दाता देशहरूले कोष निलम्बन गर्दा सहयतासम्बन्धी निकायलाई सन् २०२४ को लागि अपेक्षित आयको ५१ प्रतिशतभन्दा बढीबाट वञ्चित गर्ने बताउनुभयो ।तौमाले उत्तरी गाजामा अनिकालको चेतावनी दिदै छ दिनका लागि केरेम सालोम क्रसिङ बन्द भएपछि सहायता प्राप्त गरिरहेको बताउदै सहायता प्रवेशमा धेरै प्रतिबन्धहरू रहेको उल्लेख गर्नुभएको छ ।

गाजा पट्टीको दक्षिणी क्षेत्र रफाहमा बिग्रँदै गएको अवस्थाबारे बोल्दै तौमाले कम्तिमा मानवीय युद्धविराम हनुपर्ने बताउनुभएको छ । उहाँले पूर्वाधारको अभाव र दुःखद मानवीय अवस्थाका कारण रफाहमा १४ लाखभन्दा बढी विस्थापितहरूको सुरक्षा चुनौती निरन्तर बढ्दै गएको छ ।

युएनआरडब्ल्यूएका केही कर्मचारी अक्टोबर ७ मा इजरायलविरुद्ध हमासले गरेको आक्रमणमा संलग्न भएको इजरायलले आरोप लगाएको थियो । आरोपपछि संयुक्त राज्य अमेरिका, बेलायत र क्यानडासहित १६ वटा दाता राष्ट्रहरूले युएन्आरडब्ल्यूएका लागि आफ्नो कोष निलम्बन गर्ने निर्णयको घोषणा गरेका छन् ।रासस / सिन्ह्वा