२०८१ मंसिर १४ , शुक्रवार

इन्डोनेसियाद्वारा खाद्य आत्मनिर्भरता बढाउन अमोनियम नाइट्रेट प्लान्टको स्थापना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्लान्टले दक्षिणपूर्वी एसियाली देशलाई खानामा आत्मनिर्भर बनाउने उद्देश्यले कालिमान्टन टापुमा अमोनियम नाइट्रेट प्लान्टको स्थापना गरिएको छ ।मोनियम नाइट्रेट नामक रसायन मल र विस्फोटक पदार्थमा प्रयोग गरिन्छ ।

प्लान्टको उद्घाटन गर्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्लान्टको स्थापनाले इन्डोनेशियामा आयात हुँदै आएको अमोनियम नाइट्रेटको मागलाई आंशिक सम्बोधन गर्न सकिने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “प्लान्टको स्थापना देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने रहेको छ ।”इन्डोनेशियाले आफ्नो प्रयोगका लागि करिब २१ प्रतिशत अमोनियम नाइट्रेट विदेशबाट आयात गर्छ ।

पूर्वी कालिमान्टन प्रान्तको बोन्टाङमा अवस्थित नयाँ प्लान्ट संयुक्त रूपमा देशका तीन राज्यका सरकारी कम्पनीहरू, पिटि पुपुक काल्टिम, पिटि दहाना र पिटि काल्टिम अमोनियम नाइट्रेटको स्वामित्वमा छ र यसको बार्षिक क्षमता ७५ हजार टन उत्पादन रहेको छ ।   रासस/सिन्ह्वा