२०८१ कार्तिक २० , मंगलबार

रुससँगको युद्ध अन्त्यका लागि युक्रेनले गर्‍यो चीनको खोजी

ukrine russia

सुनाखरी न्युज/ काठमाडौं ।

रुससँगको युद्ध अन्त्यका लागि  युक्रेनले चीनको खोजी गरेको छ । रुसको सबैभन्दा शक्तिशाली सहयोगी चीनलाई युक्रेनले शान्तिका लागि पहल गर्न फेरि आग्रह गरेको हो ।

युक्रेनी र चिनियाँ अधिकारीबीच यसै साता स्विट्जरल्याण्डको डाभोसमा कुराकानी भएको समाचार सिएनएनले प्रकाशित गरेको छ ।

 

त्यस वार्तामा युक्रेनका तर्फबाट राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र उनका विदेशमन्त्री दिमित्रो कुल्लेबा सहभागी थिए भने चीनबाट विदेशमन्त्रालयका प्रतिनिधि सहभागी रहेको सिएनएनले उल्लेख गरेको छ ।

वार्तापछि सञ्चारकर्मीसँग जेलेनेस्कीले दिएको प्रतिक्रिया उद्दृत गर्दै सिएनएनले लेखेको छ, ‘युक्रेनको शान्ति योजनामा चीनको संलग्न हुन चाहान्छ ।’