२०८१ मंसिर १५ , शनिवार

३ दिन चलेर अन्त्य भयो गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन

gandaki

सुनाखरी न्युज / पोखरा ।

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिन चलेर अन्त्य भएको छ ।

प्रदेश मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो ।

 

शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयलाई पठाएको संसद सचिवालयका सूचना अधिकारी प्रेम अधिकारीले जानकारी दिए ।

फागुन १६ गतेदेखि सुरु भएको गण्डकीको हिउँदे अधिवेशनमा २० र २१ गते पनि बैठक बसेको थियो ।