२०८१ आश्विन ६ , आइतवार

अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले सन्तानलाभ

Capture

सुनाखरी न्युज/ काठमाडौं।

अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले सन्तानलाभ गरेका छन् । आइतबार राति पौने ९ बजे दीपिकाले पुतलीसडकस्थित भ्याली अस्पतालमा छोरालाई जन्म दिइन् ।

शल्यक्रिया गरेर बच्चा जन्माएकाले अझै केही दिन आमा र शिशुलाई अस्पतालमै राखिने भएको छ । दिवाकरले शिशु स्वस्थ रहेको बताए । ‘अझै केही दिन अस्पतालमै रहनुपर्ने भयो,’ उनले भने ।

चार वर्षअघि विवाह गरेको यो जोडीले फिल्म ‘ऐश्वर्या’मा सहकार्य गरेका थिए ।