२०८१ आश्विन ६ , आइतवार

फिल्ममा पहिलोपटक सहकार्य गर्दै प्रदीप र बेनिशा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रदीप शाहीले निर्देशन गर्न लागेको अनटाइटल फिल्ममा प्रदीप खड्का र बेनिशा हमालले जोडी बाँध्ने भएका छन् । यो साई-फाई जोम्बी थ्रीलर फिल्मको लिड-लेडीमा बेनिशा अनुबन्धित भएकी हुन् ।

अभिनेता खड्कासँग हमालले पहिलोपटक स्क्रिन सेयर गर्न लागेकी हुन् ।नाम तय नभैसकेको फिल्मको पटकथा निर्देशक शाहीले लेखेका हुन् ।

फिल्मका अन्य कलाकार र प्राविधिक तय हुन बाँकी रहेको जनाइएको छ । बेनिशाले गतमहिना भारतीय फिल्म ‘दुर्गम’को छायांकन सकाएकी छन् जुन उनको डेब्यु भारतीय फिल्म समेत हो । गतसाता उनी अभिनित ‘उपहार’ रिलिज भएको थियो ।