२०८१ कार्तिक २० , मंगलबार

आसिफा औपचारिक रूपमा राजनीतिमा प्रवेश

Capture

सुनाखरी न्युज/ काठमाडौं।

पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीकी कान्छी छोरी बिबी आसिफा भुट्टो जरदारी औपचारिक रूपमा पाकिस्तानको राजनीतिमा प्रवेश गर्नुभएको छ ।राष्ट्रपति भएपछि जरदारीकी पिताले खाली गरेको राष्ट्रिय सभाको सिटका लागि उम्मेदवारी दिएर उहाँले पाकिस्तानमा औपचारिक रूपमा राजनीतिक जीवनको थालनी गर्नुभएको हो ।

सिन्ध प्रान्तको एनए–२०७ निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि आसिफाले आइतबार उम्मेदवारी दर्ता गराउनुभएको छ ।आसिफाले एनए–२०७ को उपनिर्वाचनका लागि आफ्नो मनोनयन पत्र पेश गर्नुभएको छ । आसिफा पति नवाबशाहस्थित निर्वाचन अधिकारीको कार्यालयमा पुगेर मनोनयन पत्र बुझाउनुभएको हो ।पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका पति, असिफाका पिता तथा पाकिस्तानी राष्ट्रपति जरदारीले एनए–२०७ निर्वाचन क्षेत्रबाट पाकिस्तानको संसदीय निर्वाचनमा जिजयी हुनुभएको थियो । उहाँ राष्ट्रपति भएपछि उहाँले जितेको निर्वाचन क्षेत्र खाली हुनपुगेको छ ।

राष्ट्रपति जरदारीले आसिफालाई देशको प्रथम महिला नियुक्त गर्ने अनुमान गरिएको एआरवाई न्यूजले पाकिस्तानी सरकारी स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ । यदि, असिफालाई प्रथम महिला घोषित गरिएमा विशेष गरी परम्परागत रूपमा राष्ट्रपतिको पत्नीलाई दिने गरिएको प्रथम महिलाको सम्मान पाकिस्तानको इतिहासमा पहिलो पटक राष्ट्रपतिकी छोरीलाई दिइने छ ।

पाकिस्तानकी एक मात्र महिला प्रधानमन्त्री बनेकी आसिफाकी आमा बेनजिर भुट्टो जरदारीको सन् २००७ मा रावलपिण्डीमा भएको आत्मघाती बम विस्फोट र आक्रमणमा हत्या भएको थियो ।भुट्टोका भाइ बिलावलले यसअघि अप्रिल २०२२ मा इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएपछि बनेको पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सरकारमा पाकिस्तानको विदेशमन्त्रीको रूपमा काम गरिसक्नुभएको छ ।

तर, यसपटक पीपीपीले शहबाज सरिफ नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने र सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का सहअध्यक्ष आसिफ जरदारीले आइतबार पाकिस्तानको १४ औं राष्ट्रपतिका रुपमा सपथ लिनुभएको छ ।जरदारी सेनाका प्रमुखबाहेक दोस्रो पटक राष्ट्रप्रमुख निर्वाचित हुने एकमात्र गैर–सैनिक (नागरिक) उम्मेदवार हुनुहुन्छ । उहाँले सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

पाकिस्तानमा फेब्रुअरी ८ मा निर्बाचन भएको थियो । इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारले अधिकतम ९२ सिटसहित पाकिस्तानको पहिलो शक्ति बनेपनि उनीहरू दलीय झण्डाबाट प्रतिनिधि नभएका कारण पिटिआईलाई ठूलो दलको रूपमा मान्यता दिइएको छैन । निर्बाचनमा दोस्रो धेरै (७३) सिट जितेको नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले संसद्मा सबैभन्दा ठूलो दलको मान्यता पाएको छ र ५४ सिट जितेको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले दोस्रो ठूलो दलको मान्यता पाएको छ ।

निर्बाचनका समय इन्टरनेट बन्द, धाँधलीपूर्ण मतदान र मतदानमा ‘समान अवसर’ को अभाव भएको आरोप पिटिआई र अन्य धेरै दलले लगाएपछि चुनावलाई विवादास्पद मानिएको थियो ।पीपीपी र पीएमएल–एनबीच पाकिस्तानमा सरकार गठनका लागि केही दिनको छलफलपछि सरकार गठनका लागि सहमति भएको थियो ।  रासस/एएनआई