२०८१ आश्विन ६ , आइतवार

उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को टिजर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो कथानक फिल्म ‘मनसरा’को टिजर सार्वजनिक भएको छ । यो सोसल-ड्रामा फिल्मको टिजरले कथावस्तुबारे महत्वपूर्ण प्रकाश पार्छ । फिल्मको प्रचारका लागि सार्वजनिक गरिएको टिजरमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधान देखिएका छन् ।

अन्तरजातीय सम्बन्धको कथावस्तुमा निर्माण भएको फिल्ममा घरमा पत्नी हुँदाहुँदै लिम्बू युवतीसँग आकर्षित भएको ब्राह्मण युवकको कथामा फिल्म घुमेको छ ।यो फिल्ममा प्रवीण र मिरुनाको अन्तरजातीय प्रेमलाई दर्शाइएको छ । प्रवीण दूध बिक्री गर्ने किसानको भूमिकामा देखिएका छन् । मेनुका उनकी पत्नीको भूमिकामा छिन् ।

फिल्मले दयाहाङ, मिरुना, मेनुका र प्रविणको अन्तरसम्बन्धको कथा भन्ने अनुमान गर्न सकिन्छ । ‘जारी’ जस्तो हिट फिल्म दिएका सुब्बाको यो निर्देशन रहेको दोस्रो फिल्म हो ।

आगामी वैशाख २१ गते सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा दयाहाङ, मिरुना, प्रविण र मेनुकाको अलावा हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको समेत अभिनय छ ।यो फिल्मबाट छायाकार समेत रहेका शैलेन्द्रध्वज कार्कीले निर्माण थालेका छन् ।