२०८१ मंसिर ११ , मंगलबार

रूसमा श्रम स्वीकृति खोलिएको भन्दै संसदमा प्रश्न उठ्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

रूसमा श्रम स्वीकृति खोलिएको भनी संसदमा प्रश्न उठेको छ । आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने काम बन्द गर्न माग गरिन् ।

रूस र युक्रेनको युद्धका कारणबाट हाम्रा युवाहरु मृत्युवरण गरिरहेको कुरा छिपको छैन ।ती सेनामा रहेका युवाहरु फर्काइदेउ भनेर रोदन गरिरहेका छन् ।

यही बेला श्रम मन्त्रालयबाट रोजगारीका लागि जान छुट दिएको कुरा आएको छ’ उनले प्रश्न गरिन्, ‘सरकारले के गर्न खोजेको हो ?’