सुनाखरी न्युज/ काठमाडौं ।
महालक्ष्मी विकास बैंक र एनआई सी एशिया क्यापिटल लि.बीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजना (Systematic Investment Plan) मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ ।
एनआई सी एशिया क्यापिटल लि.द्धारा सञ्चालित खुलामुखी योजना –एनआई सी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधि करण हुने लक्ष्य यो समझदारीबाट लिइएको बैंकले जनाए ।
देशभर रहेका लगानीकर्ताहरुको एन. आइ.सी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँचभई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको बताए । हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखा कार्यालयहरु मार्फत प्रदान गरिने जनाएका छन ।