२०८१ आश्विन ६ , आइतवार

‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक

Capture

सुनाखरी न्युज/काठमाडौं ।

बैशाख १४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक भएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् ।

सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । सुनिल क्षेत्रीले डान्स कोरियोग्राफी गरेको गीतको अडियो तथा भिडियो आकर्षक छ ।

गायक सपुतले कथाको मर्म अनुसार नै आफूले गीत तयार पारेको बताए । गीतमा केकीसहित निर्देशक तथा कलाकार सुलक्षण भारती र रमा थपलिया पनि फिचर्ड छन् ।