२०८१ कार्तिक २० , मंगलबार

अन्तिम मतदाता नामावली प्रकाशन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आयोगको मिति २०८०/१२/२२ गतेको बैठकबाट मिति २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरी आयोगबाट मिति २०८०/११/२९ देखि २०८०/१२/०५ सम्म देशभर सञ्चालन गरिएको”मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०” अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेवसाईटमा प्रकाशन गरिएको छ।

स्वीकृत मतदता नामावली बमोजिम देशभरको विवरण अनुसार मिति २०८/०१/१४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरू मध्ये महिला मतदाता८८,८६,२२६,पुरुषमतदाता ९२,०२,५६९रअन्य मतदाता १८८गरीकूल ज्ञ,डण्,८८,९८३मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको छ।

यस विवरण अनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा महिला मतदाता ३,६२,९७३ पुरुष मतदाता ३,७६,४११ रअन्य मतदाता६ गरी जम्मा ७,३९,३९० र सबैभन्दा कम मतदाता मनाङ जिल्लामामहिला मतदाता३,५३० र पुरुष मतदाता३,३१९ गरी जम्मा ६,८४९ मतदाता रहेका छन्।मिति २०८०/०१/१० गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८० का लागि महिला मतदाता ८८,५२,०४६, पुरुष मतदाता ९१,४९,३३५ र अन्य मतदाता१८५ गरी जम्मा १,८०,०१,५६६ मतदाता रहेकोमा हाल ८७,४१७ मतदाता थप भएका छन्।

उक्त निर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा १,१५,४६७ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६१,११० मतदाता रहेकोमा २०८१/०१/१५ गते हुने उपनिर्वाचनका लागि इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा ४२२थप भई१,१५,८८९ मतदाता कायम भएका छन् भने बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६३८थप भई ६१,७४८ मतदाता कायम भएका छन्।