२०८१ कार्तिक १७ , शनिवार

प्रतिनिधि सभाको बैठक आज पनि अवरूद्ध

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार पनि अवरूद्ध भएको छ।

आकस्मिक समय सकिएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै अवरुद्ध गरेका थिए ।

आजको बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री भएलगत्तै सहकारीको रकम हिनामिनामाथिको छानबिन रोकिएको र सहकारी पीडितहरु झन् पीडित भएको बताए ।