२०८१ मंसिर ९ , आइतवार

म्नकामना दर्शन प्रालि नेपाल उघोग वाणिज्य महासंघद्धारा सम्मानित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.ली आर्थिक बर्ष २०७८/२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।

नेपाल उघोग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रा.ली सम्मानित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शन प्रा.लीकी सेल्स तथा मार्केटि ङ्डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्र सहित सम्मान गरेका हुन् ।

गतवर्ष पनि सोही विधामा सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित यस कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको र मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याईरहेको छ।