२०८१ कार्तिक १७ , शनिवार

३ महिना भित्र ३ जना अभिकर्ताहरु एमडि आरटी बन्न सफल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी – २०२५ बन्न सफल भएका छन ।

कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल २०२५ मा छनौट हुन सफल भएका हुन ।एमडिआरटी–२०२५ को लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको जनाए ।

एमडिआरटी – २०२५ को लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले आगामी ९ महिना भित्र सिओटी(कोर्ट अफ द टेवल) र टिओटी (टप अफ द टेवल) को लक्ष्य समेत पुरा गर्ने गरी बीमा व्यवसायलाई अगाडी बढाउने धारणा व्यक्त गरेका थिए ।

एमडिआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सिओटी र ६ गुणा प्रिमियममा टिओटी छनौट हुने प्रावधान रहेको जनाए ।