२०८१ मंसिर ११ , मंगलबार

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र बंजी नेपाल एडभेन्चर प्रा. लिबिच सम्झौता पत्रमा हस्ताक्षर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडांै स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड ररातोपैरो–१७,पोखरामा स्थित बंजी नेपाल एडभेन्चर प्रा. लिबिच बैंकका ग्राहक महानुभावहरुलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुखश्री रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चर प्रा. लि. को तर्फबाट अध्यक्ष  सन्तोष भट्टराईले हस्ताक्षर गरेको छ ।सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक महानुभावले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी बंजी नेपाल एडभेन्चर प्रा. लि मागई एकल बंजी गर्दा रु १००० र जोडी बंजीगर्दा रु १५०० सम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सकिने बैंकले जनाएका छन ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।