२०८१ कार्तिक १६ , शुक्रवार

प्रदेशसभा सचिवलाई शपथ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेशसभाको सचिवालय हलमा आज आयोजित समारोहमा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम सचिव पराजुलीलाई शपथ गराउनुभएको हो ।

प्रदेशसभा सचिवका रुपमा उहाँको पाँच वर्षे पदावधी २०८१ वैशाख ८ गते पूरा भएकामा उहाँलाई प्रदेश प्रमुख पराशुराम खापुङले सो पदमा पुनः नियुक्त गर्नुभएको थियो । पराजुली विसं २०७६ साल वैशाख ९ गते कोशी प्रदेशसभाको सचिव पदमा नियुक्त हुनुभएको थियो ।  रासस