२०८१ पुष ९ , मंगलबार

आज शनिबार, यसरी प्रसन्न पार्नुस् शनिदेवलाई

sani-dev-1

सुनाखरी न्युज/ काठमाडौं ।

शनिबार भगवान् भैरव र शनिदेवको दिन हो । शनिदेवले जीवनमा राम्रो कर्म गर्नेहरूलाई पुरस्कृत गर्छन् । नराम्रो कर्म गर्नेहरूलाई दण्ड दिन्छन् भन्ने मान्यता छ ।शनिदेव कर्मको हिसाबले फल प्रदान गर्ने गर्छन् भन्ने विश्वास गरिन्छ । नराम्रो काम गर्नेहरूसँग शनि देव रिसाउने र सजाय दिन्छन् भन्ने पनि विश्वास गरिन्छ ।

ज्योतिषका अनुसार शनिवार केही यस्ता कामहरू गर्न हुँदैन । ती कामहरू गर्दा शनि ग्रह कमजोर हुन्छ ।शनिबार विशेष ध्यान राख्नुपर्छ । यदि यस दिन केही काम गर्नु हुँदैन भने शनि देवलाई खुसी पार्ने केही कामहरू छन् । त्यसैले जान्नुहोस् शनिबार के गर्ने र के नगर्ने । यस्तै शनिदेव न्यायका देवता भएकाले शनिवार उनको विशेष पूजा आरधाना हुने भएकाले यो दिन कसैको पनि अपमान गर्न नुहने धार्मीक विश्वास छ ।

-शनिबार मासको कालो दाल किन्न हुँदैन । शनिबार यो दालबाट बनेको खिचडी दान गर्दा शुभ हुने विश्वास गरिन्छ ।

-शनिबार सरसोँको तेल घरमा ल्याउनुहुँदैन । तर, यस दिन यो तेल दान गर्न सकिन्छ । शनि देवलाई प्रशन्न बनाउन तेल शनिदेवलाई   अभिषेक गराउँन सकिन्छ ।

-फलामलाई शनिको धातु मानिन्छ । शनिबार फलाम घरमा ल्याउनुहुँदैन । यस दिन फलामबाट बनेका सामानहरू दान गर्नु शुभ  मानिन्छ ।
-शनिबार जुत्ता चप्पल किन्न हुँदैन । शनिबार जुत्ता चप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।