सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्षको ९ महिनामा १० खर्ब ८२ अर्ब रेमिट्यान्स भित्रिएको छ ।राष्ट्र बैंकका अनुसार चैतसम्म अघिल्लो वर्षको यसै अवधिको तुलनामा १९.८ प्रतिशतले रेमिट्यान्स बढेको छ ।
अघिल्लो वर्षको तुलनामा वृद्धिदर भने केही कम भएको छ । अघिल्लो वर्ष यस अवधिमा रेमिट्यान्स २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेको छ ।
यस अवधिमा ८ अर्ब १५ करोड डलर विप्रेषण आएको हो । अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण १३.९ प्रतिशतले बढेको थियो ।नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख १२ हजार ७२१ रहेको छ ।