२०८१ मंसिर १५ , शनिवार

सरकारमा सहभागी भएको दुई महिनामै उपेन्द्र यादवले दिए राजीनामा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् ।

जसपा नेपालका अध्यक्ष समेत रहेका यादवले फागुन २७ मा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रूपमा पद तथा गोपनीयता लिएका थिए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।