२०८१ कार्तिक १६ , शुक्रवार

श्रीलङ्काका पूर्वराष्ट्रपति सिरिसेनाद्वारा एसएलएफपीको अध्यक्ष पदबाट राजीनामा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । उहाँले मन्त्री विजयदास राजापक्षेलाई आफ्नो स्थानमा नियुक्त गर्नुभएको छ ।

सिरिसेनाको नेतृत्वमा रहेको एसएलएफपी गुटले आइतबार कोट्टेको एक होटलमा उहाँलाई भेटेपछि यो नियुक्ति गरिएको हो । मतदानपछि राजापक्षेलाई पार्टीको नयाँ अध्यक्षमा नियुक्त गरिएको थियो ।

यसै क्रममा वकिल कीर्ति उदावत्तेलाई पनि एसएलएफपीको कार्यवाहक महासचिवमा नियुक्त गरिएको छ । यद्यपि पूर्वराष्ट्रपति चन्द्रिका कुमारतुङ्गाको नेतृत्वमा रहेको एसएलएफपी गुटले नियुक्तिलाई मान्यता नदिएको बताएको छ ।

कोलम्बो गजेटका अनुसार पार्टीका सांसद दुमिन्दा दिसानायकले सिरिसेनाले गरेको नियुक्ति ‘अवैध’ भएको बताउनुभएको छ ।  रासस/एएनआई