२०८१ आश्विन ६ , आइतवार

इतिहास रच्दै संस्कृतमा श्रेजुको ¥याप गीत ‘जय होस’ सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं।

बाल गायिका श्रेजु वाग्लेको स्वर रहेको ¥याप गीत ‘जय होस’ को भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरि भिडियो सार्वजनिक गरिएको हो ।कार्यक्रममा माननीय महिला बाल–बालिका तथा जेष्ट नागरिक मन्त्री भगवती चौधरी, माननीय डा. रेखा यादव, प्रसिद्ध ¥याप गायक निर्णय श्रेष्ठ (एनएसके) तथा विश्व किर्तिमान एवं बरिष्ट पत्रकार हरि गोपाल प्रधानले ‘जय होस्’ को गीत भिडियो विमोचन गरेका थिए ।

मन्त्रीज्यूले श्रेजुको आत्मविश्वासको प्रसंशा गर्दै उज्जवल भविष्यको शुभकामना दिए। माननीय डा. रेखा यादवले यसरी नै आत्मविश्वासका साथ अगाडि बढन् प्रेरित गर्नुका साथै बरिष्ट पत्रकार हरि गोपाल प्रधानले आफ्नो नयाँ गीतमा श्रेजुको स्वर र ¥याप राख्ने प्रतिवद्धता दिए। ¥याप गायक निर्णय श्रेष्ठ (एनएसके) ले यसरी नै अगाडि बढ्दै आफ्नो माटो र मौलिकतालाई समेट्दै जानु भन्दै शुभकामना दिए। श्रेजुका पिता तथा गीतका रचनाकार खुशीको आँसु झारी बोल्न लाग्दा निःशब्द भई आशिर्वाद दिए।

शेखर वाग्ले (सिड) को शब्द र संगीत रहेको गीतमा डीजेएलएक्स पौडेलको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । विकास प्रसाईको निर्देशन रहेको भिडियोमा गायिका श्रेजु, वरिष्ठ ¥याप गायक निर्णय एनएसके, डीजेएलएक्स पौडेल, शेखरलगायत फिचर्ड छन् । भिडियोमा गीत रेकर्डदेखि भिडियो बनाइएकोसम्मका दृश्य समेटिएका छन् ।

९ वर्षका श्रेजुले नेपाली र संस्कृत भाषामा गाएको यो गीत नेपालमै सम्भावित पहिलो हुनसक्छ । उक्त गीतको भिडियो बाबा–छोरी युट्युव च्यानलमा हेर्न सकिने छ । बाबाछोरीको रेडियो कार्यक्रम पनि हामी ईमेज न्यूज एफएम १०३.६ मा सुन्न सक्छौं । बाबाछोरीका अनुसार उहाँहरुको प्रेरणाको स्रोत निर्णय श्रेष्ठ (एनएसके) हुन् । उक्त गीतको लिङ्क तल दिइएको छ ।