२०८१ मंसिर १० , सोमवार

महिला सशक्तीकरणका लागि लक्ष्मी सन्राईज बैंकको “शिक्षित लक्ष्मी” पहल

Capture

सुनाखरी न्युज/ काठमाडौं।

महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सन्राईज बैंकले “शिक्षित लक्ष्मी”पहलको थालनी गरेको छ।बैंकले सो पहल अन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाइ एउटै छाता भित्र ल्याएको बैंकले जनाए ।

यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ।यसपहल अन्तर्गत आगामी ७वर्षमा कूल रू ३५लाख रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेशन ट्रस्टसँग समझदारी(MOU) गरेको छ।

सो रकमले देशभरीका समता स्कूलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरुले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन्।
यसैगरी बैंकले आगामी ५वर्षसम्ममा १करोडको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको बताए ।सो कोषमार्फत सोही विश्वविद्यालयबाट STEM (विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र गणित) विषयहरुमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाहरुले छात्रवृत्ति प्राप्त गर्नेछन्।

सो कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाहरुको संख्या वर्षेनी बढाउदै लगिनेछ।यस छात्रवृत्ति मार्फत२०२४ब्याचका इरादा सुवेदी (एम.इ.स्ट्रकचरल इन्जिनियरिङ्ग)र सुनेनान्याछ्योँ(एम.एससी.इएस) हाल अध्ययनरत छन्।