२०८१ मंसिर १० , सोमवार

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

Capture

सुनाखरी न्युज/ काठमाडौं।

नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ । बिहीबारको बैठक सुरु हुनेवित्तिकै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध गरेका थिए ।

बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले उठेर विरोध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन् ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ ४ गते दिउँसो १ः१५ बजे बस्ने छ ।नेपाली कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समितिको माग गर्दै संघीय संसद्का दुवै बैठक अवरुद्ध गर्दै आइरहेको छ ।