२०८१ आश्विन ६ , आइतवार

‘लन्डन टु पेरिस’ को दोस्रो गीत ‘चाहन्छु यो माया’ सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ को दोस्रो गीत ‘चाहन्छु यो माया’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको गीतमा एसडी योगीको सङ्गीत तथा राम अविरल विष्टको शब्द छ ।

संगीतकार योगी र नभिता पौडेलको स्वर रहेको गीतको रिकेश गुरुङ सङ्गीत निर्माता हुन् । गीतमा साम्राज्ञी राज्य लक्ष्मी शाह, निश्चल खड्का र गरिमा शर्मा बिचको त्रिकोणात्मक प्रेम देखाइएको छ ।

ट्राभल लभ स्टोरीको कथामा बनेको ‘लन्डन टु पेरिस’ को कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी लगायतको फिल्ममा अभिनय छ । अमित बस्नेतले निर्माण गरेको जेष्ठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ।