२०८१ आश्विन ६ , आइतवार

यस्तो रह्यो मिस नेपाल२०२४ काठमाडौं अडिसन

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न भएको छ । शनिबार ललितपुरको हिमालय होटलमा १२६ सुन्दरीले अडिसन दिए ।

यसअघि सातै प्रदेशका प्रमुख सहर पोखरा, बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा क्षेत्रीय अडिसन भैसकेको छ ।

बिहानदेखि सुरु अडिसन बेलुकासम्म चलेको थियो । विभिन्न पेशा व्यवसायदेखि विद्यार्थी सुन्दरीले अडिसन दिएका थिए ।यस वर्ष पनि मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा प्रतिस्पर्धा हुनेछ ।

ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ ।