सुनाखरी न्युज/ काठमाडौं ।
केकी अधिकारी स्टारर ‘बोक्सीको घर’ले घरेलु बक्स अफिसमा १० करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । चौथो सप्ताहन्तसम्म कुल कलेक्सन ११ करोड हाराहारीमा रहेको उनले जानकारी दिइन् ।
यो कमाइसँगै ‘बोक्सीको घर’ २०८१ सालमा १० करोडको आँकडा पार गर्ने पहिलो नेपाली फिल्म बनेको छ ।केकीको शीर्ष भूमिका रहेको यो फिल्म उनले नै निर्माण गरेको पहिलो फिल्म समेत हो । यति मात्र होइन, एक करोड रुपैयाँभन्दा कम बजेटमा बनेको यो फिल्म सर्वाधिक नाफा गर्नेमध्येको फिल्म समेत बनेको छ ।
नेपाली समाजको बलियो मनोवैज्ञानिक ‘एसोसिएसन फ्याक्टर’ बोक्सी कुपथ्राबारे बनेको यो फिल्मलाई विशेषगरी महिला र पारिवारिक दर्शकले हेरेका थिए ।
नेपालमा सुपरहिट भएपछि विदेशमा समेत यसको माग बढेको थियो ।सुलक्षण भारती निर्देशित ‘बोक्सीको घर’मा केकीसहित सुपला सापकोटाको शीर्ष भूमिका छ ।