२०८१ मंसिर १० , सोमवार

सिप्रदी र पठाओ बीच एक्सप्रेस–टि को लागि सहकार्य

Capture

सुनाखरी न्युज/ काठमाडौं।

सिप्रदी ट्रेडीङ्ग प्रा. लि. र पठाओ नेपाल प्रा. लि. बिच आगामी तीन महिनासम्म खरिद गरिएका एक्सप्रेस–टि ट्याक्सी निःशुल्क रुपमा दर्ता गर्नेगरी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार यसै श्रावण मसान्त सम्म एक्सप्रेस–टि ट्याक्सी खरिद गर्ने चालकहरुले पठाओमा निःशुल्क दर्ता गर्न पाउने कम्पनीले जनाएको छन ।पठाओ नेपालको ग्रिन रिभोलुसन पहलमा हालै सुरुवात गरेको पठाओको कार प्लस सेवा अन्तर्गत सबै बिद्युतिय गाडीहरु रहेका छन ।

यो सहकार्यले एक्सप्रेस–टि ट्याक्सी ग्राहकहरुले सजिलै निःशुल्क पठाओमा आबद्ध हुने सक्नेछन् भने यात्रुहरुले सजिलै बिद्युतिय ट्याक्सी मार्फत आरामदायी यात्रा गर्न सक्नेछन ।