सुनाखरी न्युज/ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ १३ गतेदेखि २६ जेठसम्म बालबालिकामा पोलियो रोगविरुद्धको आईपीभी ( इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन गर्ने भएको छ।स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्तर्गतको खोप शाखाका प्रमुख डा।अभियान गौतमले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख ६२ हजार ७१२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको जानकारी दिए। खोप अभियान जेठ १३ गते देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ। उनका अनुसार सोही समयमा जन्मिएको बेलामा विश्व बजार मानै आई पी भी खोप अभाव भएको थियो।
विशेषगरी विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६० हजार ६१२ जना बालबालिकालाई अभियान सञ्चालन गरी पोलियोविरुद्धको आईपीभी खोप लगाउने तयारी भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ। नेपालमा २०७१ सालदेखि आईपीभी खोप सञ्चालन गरिएको हो। बीचको दुई वर्ष रोकिए पनि त्यसपछिका वर्षहरूमा यो खोप नियमित खोप कार्यक्रममा पर्दै आएको छ। सरकारले पोलियो रोगविरुद्ध दुईवटा खोप सञ्चालन गरेको छ। ओपिभी खोप नियमित खोप सेवाको माध्यमबाट ६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा लगाउनुपर्ने हुन्छ। यसैगरी आईपीभी खोप १४ हप्ता र ९ महिनाको उमेरभित्र दिइने गरिए पनि २०७३ सालमा पोलियोविरुद्धको आईपीभी खोप विश्व बजारमा अभाव भएको कारण दिन नसकिएको र विश्व स्वास्थ्य संगठनले अहिले पनि त्यस वेला जन्मेका बालबालिकालाई यो खोप लगाउन मिल्ने सुझाव दिएपछि पोलियोविरुद्धको आईपीभी खोप अभियान शुरु गर्न लागिएको महाशाखाका निर्देशक डा। विवेकलाल कर्णले बताए।
नेपालले सन् २०१४ मै पोलियो मुक्त राष्ट्रको रूपमा प्रमाणपत्र पाइसकेको छ । तर दक्षिण एसियाली मुलुकहरू पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियो केश देखिएका कारण नेपालमा जोखिम कायमै रहेकोले खोप अभियान सञ्चालन गर्न लागेको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा, विवेककुमार लालका अनुसार खोप अभियानका लागि ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाईजेशन ( गाभी) को ठुलो सहयोग रहेको छ। डा। गौतमका अनुसार पोलियो भाइरसबाट हुने संक्रमक रोग हो । पोलियो भाइरस पी १ पी २ र पी ३ गरी तीन प्रकारका हुन्छन् र तिन वटै भाइरसबाट पोलियो रोग हुनसक्छ। पोलियो भाइरसबाट सङ्क्रमण भएको व्यक्तिलाई पक्षाघात भई मृत्यु समेत हुन सक्छ। यो रोगको मिश्रित औषधी उपचार हुँदैन। पोलियो रोग जुनसुकै उमेरका मानिसलाई भए पनि पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन्। नेपालमा पोलियाका बिरामी पछिल्लो पटक २०६७ मा असोज १४ गते देखिए यता नेपालमा पोलियाका बिरामी भेटिएका छैनन्।गौतमका अनुसार ओपिभि खोप नियमित खोप सेवाको माध्यमबाट छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा लगाउनु पर्ने हुन्छ । यस्तै आईपीभी खोप १४ हप्ता र ९ महिनाको उमेरमा लगाउनु पर्छ।