२०८१ मंसिर १० , सोमवार

सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश

Capture

सुनाखरी न्युज/ काठमाडौं।

दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ ।

उनीमाथि अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले अदालतमा पेश गरेको हो ।उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरी धनुषा पुर्याइएको थियो ।

नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ किटानी जाहेरी दिएका थिए ।सिरोहिया पक्राउको विरोधमा बुधबार जनकपुरमा प्रदर्शनसमेत भएको छ ।