२०८१ मंसिर १० , सोमवार

होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकदवरा विशेष छुट सम्झौता

Capture

सुनाखरी न्युज/ पोखरा ।

पर्यटकीय सदरमुकाम पोखरा को लेकसाइड माअवस्थितहोटल सरोवर प्रा.लि रकिङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडद्घारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

मिति २०८१/०२/०८ गते छुट्टाछुट्टै समारोहका बीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजयन कर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक बर्ग, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारी का परिवारजनले होटल सरोवरमा उपलब्ध सेवा हरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडि लगायतका सेवाहरुमा बिशेस छुट प्राप्त गर्न सक्नेछन भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुबिधामा बिशेस छुट प्राप्त गर्न सकिने बैंकले जनाए ।

साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंक सँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।
नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा लागि राख्नु भएको प्रा.डा. भरत पहारी द्घारा सन्चाली तहोटल सरोवर पोखराको लेकसाइडमा एकै छाना मुनी अत्याधुनिक सेवातथा सुबिधाहरु उपलब्ध गराउँदै आएको छ भने किङ्गस  युवातथा सँगितपे्रमि लक्षित होटल तथा रेष्टुरेण्टको रुपमा बहु चर्चित पाईन्छ ।