२०८१ मंसिर ८ , शनिवार

सेयर बजार वृद्धिमा निरन्तरता, नेप्से १५.५४ अंकले बढ्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं।

५ कारोबार दिनदेखि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । बुधबार बजारको परिसूचक नेप्से १५.५४ अंक बढेर २१३१ मा पुग्यो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ६८ करोडको भयो । नेप्से बढे पनि अधिकांश १६१ कम्पनीको मूल्य घट्यो । ८१ को बढ्यो भने ५ कम्पनी स्थिर रहे ।

बैंकिङ समूह नै सबैभन्दा धेरै ४.२३ प्रतिशत बढेको छ । बैंकिङका अलवा विकास बैंक ०.३३, होटल तथा पर्यटन १.९० प्रतिशत बढे । ब्यापार ०.०३, अन्य ०.६१, निर्जीवन बीमा ०.६०, माइक्रोफाइनान्स १.१, उत्पादन ०.१५, जीवन बीमा ०.५९, हाइड्रोपावर ०.८८ र फाइनान्स समूह १.३४ प्रतिशत घटे ।