२०८१ मंसिर ८ , शनिवार

लक्ष्मी सन्‌राईज बैंकको अगुवाईमा ४१.३१ मेगावाटकाे सुपर बागमती हाइड्रोपावरमा लगानी गर्ने सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

लक्ष्मी सन्राईज बैंक लि.को अगुवाईमा सहवित्तिय करणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रो पावर लि.बीच सो कम्पनीले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४मे.वा.क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ।सो आयोजनाको कूल लागत रू९.२८अर्ब रहेको छ।यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने छ।

सुपर बागमती हाइड्रो पावरले माघ १२,२०७८मा विध्युत विकास विभागबाट आयोजना निर्माणको लागि विध्युत उत्पादनको अनुमति पत्र लिई आषाढ २५, २०८०मा नेपाल विद्युत प्राधिकरणसँग विध्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ।सो कम्पनीको प्रवर्द्वकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लि. रए.एन.के कन्स्ट्रकशन रहेका छन्।

सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सहवित्तीय करणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन्भने बाँकी२५.६७प्रतिशत रकम प्रर्वदक र संस्थापकहरुको लगानी रहने जनाए ।सो परियोजनामा लक्ष्मी सन्राईज बैंकको कर्जा प्रतिवद्धता३.४अर्ब रहेको छ भने सहवित्तीय करणमा सहभागी अन्य बैंकहरुमध्ये सह–अगुवा एभरेष्ट बैंकको२.५अर्ब तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब लगानी रहेको छ।

सो आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिव२४३.गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र उर्जा उत्पादककोमध्येको ठुलो परियोजनाको रुपमा रहने विश्वास लिइएको छ।