२०८१ मंसिर २ , आइतवार

सहकारी सम्बन्धी छानबिन समितिको कार्यादेश बनाउने कार्यदल बैठक शनिबार फेरि बस्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक शनिबार फेरि बस्ने भएको छ । शुक्रबार बिहान बसेको बैठक सहमतिमा पुग्न नसकेपछि पुनः बस्ने गरी सकिएको थियो ।

कार्यदलका संयोजक कानुनमन्त्री पद्म गिरीले शनिबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएका छन् ।‘आज त बस्ने कुरा छैन । हामी छानबिन समितिको मागकर्ता पर्‍यौं,’ परियारले भने, ‘उहाँले समय निश्चित नगरेसम्म हामीले अहिले नै बसौं । आजै बसौं भनेर भएन ।’

गोर्खा मिडियामा गृहमन्त्री रवि लामिछाने प्रवन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा उनी संलग्न रहेको कांग्रेसको दाबी छ । गोर्खा मिडियामा रकम स्थानान्तरण भएका सबै सहकारीको छानबिन हुनुपर्ने कांग्रेसको माग छ ।

सूर्यदर्शन, सुप्रीम, स्वर्णलक्ष्मी, लगायतबाट गोर्खा मिडियामा रकम गएको थियो । त्यस समय लामिछाने उक्त मिडियामा प्रबन्ध निर्देशक थिए ।