२०८१ मंसिर १० , सोमवार

सिटिजन्स बैंककोे संचालकमा ईला शर्मा नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको संचालकमा ईला शर्मा नियुक्त भएको छ । ईला शर्मालाई अध्यक्ष प्रबलजंग पाण्डेज्यूले पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ ।कानुनमा विशेष अनुभव सँगाल्नु भएकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन ।उहाँले त्रिभुवन विश्व विद्यालयबाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गरेकी छिन् साथै युनिभर्सिटी अफहल युकेबाट पनि इन्टरनेसनल विजनेस ल,इन्टरनेसनलट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गरेकी छिन ।

उहाँसँग अन्तराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ ।निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उहाँ उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत थीइन ।

उहाँले काठमाडौं विश्वविद्यालय लगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा समेत काम गर्नुभएकी शर्मा विभिन्न आईएनजीओमा समेत संलग्न छ।उहाँले फूड फस्र्ट इन्फर्मेशन एक्शन नेटवर्क (FIAN)नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमनइन मिडिया (SAWM)को कार्यकारी समितिका साथै साउथ एशियावाच अन ट्रेड, इकोनमिक्स एन्ड इनभारोमेन्टको कार्यकारी समितिको बोर्डमा पनि काम गरिसकेको छ ।

उहाँले आइआइएलएम विश्व विद्यालय गुढगाँव भारतमा एक प्राध्यापकको रूपमा ल एन्ड जस्टिस, क्रस बोर्डर आरबिट्रेसन एन्ड इनभेष्टमेन्ट ल र इन्टरनेसन लह्यूमन राइट्सअध्यापन गराँउदै आउनुभएको छ ।उहाँ यसअघि नै एक प्रतिष्ठित वाणिज्य बैंकको संचालक
समेत थीइन ।