२०८१ आश्विन ६ , आइतवार

सिक्किमका सिमियोनले जिते ‘द पोएट आइडल २’ को उपाधि

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘द पोएट आइडल सिजन २’को उपाधि सिक्किमका सिमियोन सुकिता राईले जितेका छन् । शनिबार रातीको फिनाले एपिसोडमा उनले नगद १० लाखसहितको पुरस्कार जिते ।

राईले एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट १ लाखको गिफ्ट भौचर प्राप्त गरे ।

फिनालेमा अभिनेता सुनिल थापा र फिल्म ‘पुजार सार्की’को कलाकार तथा निर्देशक अतिथिको रुपमा सहभागि थिए । अभिनेता प्रदीप खड्काले कविता वाचन गरे ।

‘पोएट आइडल’को दोस्रो सिजनमा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक थिए । दिब्यदेव होस्टको रुपमा थिए । निर्देशक अमनप्रताप अधिकारीले तेस्रो सिजन झण्डै डेढवर्षपछि दर्शकमाझ आउने बताए ।