२०८१ आश्विन ६ , आइतवार

भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र पत्नी नताशाबिच सम्बन्ध विच्छेदको अड्कलबाजी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्याकी पत्नी नताशा स्टान्कोभिकले आफ्नो इन्स्टाग्रामबाट पाण्ड्या थर हटाएकी छिन् । यसपछि सामाजिक सञ्जालमा उनीहरूको सम्बन्धविच्छेदको अड्कलबाजी भइरहेको छ ।

यसपटक नताशा आईपीएलबाट पूरै गायब थिइन् । नताशा मुम्बईको कुनै पनि खेलमा चियर गर्न स्टेडियम आएकी थिइनन् । यसपछि उनीहरूको सम्बन्धमा दूरी बढेको अनुमान गरिएको थियो । यद्यपि दुवै पक्षबाट अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।

नताशा र हार्दिकको विवाह ३१ मे २०२० मा भएको थियो । दुवैले गत फेब्रुअरीमा भ्यालेन्टाइन डेको अवसरमा परम्परागत रीति–रिवाजमा विवाह गरेका थिए । राजस्थानको उदयपुरमा भव्य विवाह समारोह सम्पन्न भएको छ । उनीहरूको एक छोरा छन् ।