२०८१ मंसिर ९ , आइतवार

बजेट पेस गर्ने संयुक्त बैठक दुई घन्टा पछि सर्‍यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संघीय सदनका संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा) दुई घन्टा पछि सरेको छ।बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो ।

यससँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको छ । बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बोलाइएको छ।

भने बजेट पेस गर्ने संयुक्त सदनको बैठक अपराह्न ३ बजे बस्नेछ।मन्त्रिपरिषद्को बैठक बसेर बजेट पारित गर्नुपर्ने भएकाले सरकारको अनुरोधमा संयुक्त बैठक दुई घन्टा पछि सारिएको संसद् सचिवालयले जानकारी दिएको छ।

सरकारले मंगलबार आर्थिक वर्ष २०८१/०८२को बजेट सार्वजनिक गर्दैछ। सरकारले आगामी आर्थिक वर्षका लागि करिब १९ खर्बको बजेट ल्याउँदैछ।