२०८१ मंसिर १० , सोमवार

कान्तिपुर मिडियापका अध्यक्ष सिरोहियालाई काठमाडौँ ल्याउने तयारी

kailash-sirohiya

सुनाखरी न्युज/ काठमाडौं ।

नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याउने तयारी गरिएको छ ।

जनकपुरको काब्या अस्पतालमा रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने तयारी गरिएको उनका कानुनी सल्लाहकार किशोर पौडेलले बताए । ‘जनकपुरको अस्पतालबाट एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने प्रक्रिया सुरु गरिएको छ,’ उनले भने ।

उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काब्या अस्पताल लगिएको थियो । उक्त अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौँ ल्याउन लागिएको हो ।परिवारका अनुसार सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या थिए ।