सुनाखरी न्युज/ काठमाडौं ।
मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गरेको हो ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१/८२ का लागि संसद्को दुवै सदनमा केही बरेमा वाचन गर्ने बजेट वक्तव्य नेपालमै उत्पादित अल्लो र ढाकाको कपडाबाट बनेको झोलामा राखेका छन् ।
यसअघि दशकौंदेखि अर्थमन्त्रीहरूले विदेशी ब्रिफकेसमा बजेट वक्तव्य राखेर ल्याउँथे र संसदमा वाचन गर्थे । तर, यसपालि गठनबन्धन सरकारका अर्थमन्त्री पुनले नेपाली झोला प्रयोग गरेका हुन् ।अर्थमन्त्रीसहित मन्त्रीहरू संसद् भवनतर्फ लागेका छन् ।