सुनाखरी न्युज/ काठमाडौं ।
सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिका सदस्यहरूको नाम टुंगो लागेको छ ।
समितिमा रहने सदस्यहरू दलहरूले टुंगो लगाएका छन् ।
नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।
स्रोतका अनुसार एमालेले सहकारी संस्था बचत रकम संसदीय छानबिन समितिको सभापतिमा थापालाई प्रस्ताव गरेको छ ।