सुनाखरी न्युज/ काठमाडौं ।
दक्षिण अफ्रिकामा बुधबार बिहानै देखि आम निर्वाचनका लागि मतदान सुरू भएको छ ।
देशको निर्वाचन निकाय दक्षिण अफ्रिकाको स्वतन्त्र निर्वाचन आयोगका अनुसार नयाँ राष्ट्रिय सभा र प्रान्तीय विधायिका चयन गर्न देशभरका २३ हजारभन्दा बढी मतदान केन्द्रहरूमा दुई करोड ७० लाखभन्दा बढी मतदाताहरूले मतदान गर्ने अपेक्षा गरिएको छ ।
सन् २०२४ को राष्ट्रिय र प्रान्तीय चुनाव, दक्षिण अफ्रिकाको स्वतन्त्रता र प्रजातन्त्रको ३० वर्षको उत्सवसँग मिल्दोजुल्दो छ । सन् १९९४ मा रङ्गभेद समाप्त भएपछि देशमा भएको सातौँ आम चुनाव हो ।
निर्वाचन परिणाम आइतबार घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ । नयाँ राष्ट्रिय सभाले आगामी पाँच वर्षका लागि दक्षिण अफ्रिकाको राष्ट्रपति छनोट गर्नेछ । रासस/सिन्ह्वा