२०८१ पुष ९ , मंगलबार

खुकुरीले नेपाली रम प्रबर्द्धनार्थ कार्यक्रमका लागि ग्लोबल रम एम्बेसेडर इयानबरेललाई नेपाल ल्याउँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालको सर्वाधिक लोकप्रिय रम ब्रान्ड खुकुरीले रम-प्रब्रद्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलो पटक सहकार्य गरेको छ ।बेलायती मूलका इयान बरेल, विश्व रम उद्योगमा विशेषज्ञता सहित, ३ दशकभन्दा बढी अनुभवका साथ विश्वभर रम सम्बन्धी विभिन्न कार्यक्रममा सक्रीय सहभागिता जनाउने सर्वसम्मानित ‘EduTainer’हुन्।

आउँदो ३ र ४जुन२०२४मा आयोजना हुने यो कार्यक्रमले ग्लोबल रम एम्बेसडर मार्फत नेपाली रम उद्योगकै सर्वप्रिय रोजाई खुकरी रम र यसको विशुद्ध नेपाली स्वाद प्रस्तुत गर्दै विश्वसामु नेपाली उत्पादन र शिल्प प्रवर्द्धनमा सघाउ पुग्ने  कम्पनीले जनाएको छ। इयान बरेलले आफ्नो मिक्सो लोजि, रम-उत्पादन, रम उद्योगका पछिल्ला प्रवृत्तिहरूमा आफ्नो अनुभवबाट ज्ञानबर्द्धक कुराहरूमा स्टर क्लासमार्फत प्रस्तुत गर्नेछन्।साथै प्रशिक्षात्मक कार्यक्रममा सहभागी हुनेहरूले रम टेस्टिङ(चखाई), नेटवर्किङ आदिको अनुभव लिन सक्नेछन्। यो कार्यक्रम, नेपाली रम पारखी तथा विशेषत: बारटेन्डरहरूलाई अन्तर्राष्ट्रिय उद्योगको बारेमा जानकारी लिने, सीप अभिवृद्धि गर्ने र नेटवर्क बनाउने सही अवसर हुने कम्पनीकाे भनाइ छ  ।

खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टिलरिज प्रा.लि.’का महाप्रबन्धक सुभाष लामिछानेले भने , “हामी नेपालमै यस किसिमको पहिलो कार्यक्रमको लागि ग्लोबल रम एम्बेसेडर इयान बरेलसँग सहकार्य गर्न पाउँदा खुसी छौँ।यस कार्यक्रमको माध्यमबाट अनुभवी विश्वव्यापी व्यक्तित्वको उपस्थितिमा नेपाली रम पारखीहरूको ज्ञानको दायरालाई अझ फराकिलो बनाउने मौका प्रदान गर्नेछौँ।साथै यस किसिमको कार्यक्रमबाट नेपाली बारटेन्डर तथा रम पारखीहरूको सीपमा विश्वस्तरको निपुणता हासिल गर्न, ज्ञानलाई परिष्कृत गर्न र विश्वव्यापी रम समुदायमा फराकिलो व्यक्तिगत र व्यावसायिक नेटवर्क विस्तार गर्न सहयोग पुग्छ।हामी यसबाटअन्ततस् पूरा नेपाली रम संस्कृतिको स्तरोन्नती गर्न चाहन्छौँ।”

सन्१९५९देखिको लामो विरासत बोकेको खुकुरी रम विश्वसनीय गुणस्तर, अतुलनीय स्वाद र उत्कृष्ट रम-उत्पादन शिल्पको लागि नेपाल तथा विश्वका उपभोक्ता तथा रम-पारखीहरू माझ प्रख्यात ब्रान्ड बनेको छ ।उपभोक्ताहरू माझ खुकुरी रमको एउटा विश्वास ‘हरेक पल तथा हरेक कथाहरूलाई एक-अर्का माझ साट्न प्रेरित गरी, ती रोचक पलहरूलाई अझ रोचक बनाई वर्षौँसम्म अमर राख्नु’ रहेको छ ।इयान बरेलसँगको यस सहकार्यबाट, खुकुरीले हरेक व्यक्तिलाई आफ्ना कथाहरू विश्वसामु साट्न र विश्वस्तरको ज्ञान प्राप्त गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ ।हरेक चुस्कीसँगै स्वाद, संस्कृति र लामो ऐतिहासिक विरासतको अनुभव गर्न सम्पूर्ण उपभोक्ता वर्गलाई खुकुरी रम प्रेरित गर्दछ।