सुनाखरी न्युज/ काठमाडौं।
काठमाडौँ महानगरपालिकाको ३२ औँ नगरकार्यपालिकाको बैठकमा वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनमेयर बालेन शाहविरुद्ध खनिएका छन् । बैठक सुरु हुने बित्तिकै वडाध्यक्ष चिनीकाजी महर्जनले महानगर प्रहरी बल आएर कार्यालयका फाइलहरू बोरामा हालेर लगेको भन्दै आपत्ति जनाए । उनले कुन आशय र के कारणले यसरी फाइलहरू आफ्नो जानकारी बिनै किन लगियो भन्नै आक्रोश पोखे ।
उनले यसबारे आफूले आजको बैठकबाट जान्न चाहेको बताए । जवाफमा प्रमुख कार्यकारी अधिकृतले घरबाहल घरसम्बन्धी अध्ययनका लागि फाइलहरू लिइएको जवाफ दिए । उनले आन्तरिक राजश्व विभागसँग समन्वय भएर यो कार्य भइरहेको भन्दै अन्य वडामा पनि छानबिन हुने बताए ।
वडाध्यक्षले भने, ‘तपाईंले २४ को मात्रै गर्न खोज्नुभएको हो ?’ बालेनले पनि झोक्किँदै भने, ‘हो !’ त्यसपछि वडाध्यक्ष र मेयरबिच यो विषयमा केहीबेर गलफती चलेको थियो । सो क्रममा वडाध्यक्षले सहकार्य नगरेको, राज्यको विधि विधान नमानेको लगायतका आरोप मेयरमाथि लगाए ।
तर, बालेनले आफूले कानुनअनुसार काम गरिरहेको भन्दै सडक विभागले न्युरोडमा गरेको कार्य गैरकानुनी रहेकाले त्यसविरुद्ध आफूहरूले कानुनी उपचार खोज्ने बताए ।
त्यसपछि २४ नम्बरका वडाध्यक्ष विनोदराज भण्डारीले बालेनलाई समर्थन गर्दै सडक पेटी विस्तार आवश्यक रहेको बताए ।