२०८१ मंसिर २ , आइतवार

गगन थापाले सदनबाट खोजे गृहमन्त्री लामिछानेले लगाएका आरोपको हिसाबकिताब

gagan-thapa-at-parliament-1024×683

सुनारखी न्युज/ काठमाडौं ।

कांग्रेसले  गृहमन्त्री रवि लामिछानेले ६ जेठमा नेपाली कांग्रेसमाथि लगाएका आरोपको जवाफ सरकारसँग खोजेको छ । गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरुलाई लक्षित गर्दै अमर्यादित अभिव्यक्ति दिएको भन्दै रुष्ट कांग्रेसले त्यसको जवाफ प्रधानमन्त्रीसँग खोजेको हो ।

दुई हप्ता अघिको प्रसंगबारे आज संसदको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएको आरोपको जवाफ नपाए प्रधानमन्त्रीसँग ‘हिसाब किताब’ हुने बताए ।

 

 

सहकारीको रकम ठगी प्रकरणमा छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग गरेर कांग्रेसले संसदमा प्रदर्शन गर्दा सदनको नियमित कार्यसूची प्रभावित भयो । गृहमन्त्री लामिछानेले बोल्न खोजे पनि कांग्रेसका कारण समय नपाएको बताए ।

 

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिन कांग्रेस ६ जेठमा तयार भयो । सदनमा बोल्ने क्रममा कांग्रेसका नेताहरुलाई विभिन्न प्रकरणमा जोडेर लामिछानेले आरोप लगाए ।

विदेशीलाई सूचना बेचेको, रातो पासपोर्ट दुरुपयोग गरेको, टिकापुर जग्गा हिनामिना प्रकरणमा मुछिएको लगायतका आरोप गृहमन्त्री लामिछानेले कांग्रेसमाथि लगाएका थिए ।

 

सदन चटक देखाउने ठाउँ नभएको उल्लेख गर्दै थापाले भने, ‘सबै मन्त्रीले यसैगरी भन्दै गए संसदको छबि के हुन्छ रु जुन कुरा यहाँ भनियो, सुनियो । कि प्रधानमन्त्रीले स्वामित्व लिनुस्, होइन भने प्रधानमन्त्री आएर भन्नुस् यसलाई रेकर्डबाट हटाउँछु भनेर । होइन भने प्रधानमन्त्रीसँग हिसाब किताब त लिइन्छ ।’

गृहमन्त्री बोलेको विषय सदनको गरिमासँग जोडिएको भन्दै कांग्रेस महामन्त्री थापाले सभामुख घिमिरेको ध्यानाकर्षण गराए । विषयवस्तुलाई सदनबाट बराल्ने कार्य यसपटकदेखि भएको भन्दै थापाले गृहमन्त्रीले लगाएका आरोप पुष्टि गर्न वा गृहमन्त्रीले बोलेको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।