२०८१ मंसिर १० , सोमवार

प्रभु बैंक लिमिटेड र यूएसएड ट्रेड एण्ड कम्पिटिटीभनेसबिच सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

२०८१ जेठ २१ गते सोमबार प्रभुबैंक लिमिटेड र/ USAIDTrade & Competitivenessबिच स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने“Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal”नामक परियोजनाका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमाUSAIDTrade & Competitivenessका तर्फबाट प्रतिनिधि मार्कस् मुलर ज्युले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन ज्युले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहँुच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।