२०८१ मंसिर ८ , शनिवार

नेप्से परिसूचक ५.५८ अंकले घट्यो,कारोबार रकम पनि खुम्चियो

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार नेप्से परिसूचक ५.५८ अंकले घटेको छ।यसदिन नेप्से ०.२६ प्रतिशतले घटेर २०७९.७१ विन्दुमा बन्द भएको छ।यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

मंगलबार चार अर्ब आठ करोड ४७ लाख १५ हजार ८७७ रूपैयाँको कारोबार भएकोमा बुधबार तीन अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रूपैयाँको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९ करोड रूपैयाँ कमी आएको हो।

कुल ८३ कम्पनीको मूल्य बढ्दा १५८ को घट्यो भने ६ को स्थिर रह्यो । माइक्रोफाइनान्स क्षेत्रको सूचक १.३१ प्रतिशत (६० अंक) बढ्यो । माइक्रोफाइनान्सबाहेक उत्पादन समूह २८ र फाइनान्स सूचक २ अंक बढे ।