२०८१ मंसिर ८ , शनिवार

नेप्सेमा झिनो अंकको गिरावट,कारोबार रकम बढ्यो

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

साताको अन्तिमा कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १.९३ अंकले घटेको छ।नेप्से ०.०९ प्रतिशतले घटेर २०७७.७८ विन्दुमा बन्द भएको छ।यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

बुधबार तीन अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रूपैयाँको कारोबार भएकोमा बिहीबार चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३८ करोड रूपैयाँ वृद्धि भएको हो।यस दिन ३२२ वटा धितोपत्रको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर किनबेच भएको हो।

१०१ कम्पनीको मूल्य बढ्दा १३५ को घट्यो भने ११ को स्थिर रह्यो । क्षेत्रगत सूचकमा व्यापार समूह सबैभन्दा धेरै १.९६ प्रतिशत (५८ अंक) बढ्यो । माइक्रोफाइनान्स ४२, हाइड्रा्ेपावर २०, होटल तथा पर्यटन ६ अंक बढे । बैंकिङ ७, विकास बैंक २४, फाइनान्स ४५, जीवन बीमा २४, उत्पादन ४२, निर्जीवन बीमा ४० र अन्य समूह २ अंक घटे ।