२०८१ पुष ९ , मंगलबार

सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्स सहित रियलमी १२ प्रो+ अब नेपालमा उपलब्ध

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो+ ल्याएको छ । सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्स, आकर्षक डिजाईन तथा आकर्षक मुल्यको साथ ग्राहकहरुको मन जित्दै रियलमी १२ प्रो+ ले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने कम्पनीले अपेक्षा राखेको बताए।

फ्ल्यागशिप ओम्नि फोकल मास्टरशट एल्गोरिथ्म भएको रियलमी १२ प्रो+ले उच्च स्तरको टेलिफोटोहरु लिन सक्छ जसले गर्दा प्रयोगकर्ताहरुले राम्रोसँग प्राकृतिक बोके एफेक्टको साथप्रोफेसनल देखिने पोर्ट्रेटहरू खिच्न सक्छन् ।रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने , “रियलमी १२ प्रो+ नेपाली बजारमा ल्याउन पाउँदा हामी उत्साहित छौँ । हामीलाई आशा छ कि यसको पेरिस्कोप क्यामराले नेपाली प्रयोगकर्ताहरुलाई स्मार्टफोनमा नयाँ अनुभव प्रदान गर्नेछ।”

डिजाईन र डिस्प्ले
रियलमी १२ प्रो+ मा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुलएचडी रिजोलुसन रहेको छ जसले प्रयोगकर्ताहरुलाई रङ्गिन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्दछ । फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि रियलमी १२ प्रो+ मा १२० हटर््जको रिफ्रेस रेट राखिएको छ।

दमदार पर्फर्मेन्स तथा स्टोरेज
क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रो+ मा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जिबीको ¥यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ जुन आवश्यकता अनुसार २४ जिबीसम्म बढाउन पनि सकिन्छ ।

पेरि स्कोप क्यामरा
फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रो +को क्यामरा अति उपयोगी हुन्छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्निभिजन ओभि ६४बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा, ८ मेगापिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगा पिक्सेलकाृ सोनि आईएमएक्स ६१५ सेल्फी क्यामरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रो+ मा उपलब्ध छ । यी अत्याधुनिक क्यामराहरुले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरु प्रदान गर्दछ ।

टिकाउ ब्याट्री तथा सुपरफास्ट चार्जिङ्ग
६७ वाटको सुपरभोक सुपर फास्टचार्जिङ्ग युक्त५,००० एमएएच्को ब्याट्रीले गर्दा रियलमी १२ प्रो+ का प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन् । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर तथा यूएसबी टाईप–सी केबल निःशूल्क पाईन्छ।रियलमी १२ प्रो+ १२ जिबी¥याम र २५६ जिबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ ।सबमरिन ब्लू,एक्सप्लोरर रेड, र न्याभिगेटर बिजरङ्गमा उपलब्ध रियलमी १२ प्रो+को मुल्य५०,९९९रुपैयाँ तोकिएको छ ।